दलित समुदायका महिलालाइ क्षमता विकास तालिम

<span class='c1'>दलित समुदायका महिलालाइ</span> <span class='c2'>क्षमता विकास तालिम</span>

विराटनगर २० जेठ ।
दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठी, चुरा, टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ । आइतवारवाट शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । वाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दश दिनसम्म चल्ने छ । तालिम विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरे । मेयर पराजुलीले दलित समुदायका महिलाहरूको क्षमता विकासका लागि सिपमुलक तालिम प्रदान गरिदै जाने बताए । उक्त कार्यक्रममा विराटनगर महानगर १ नम्बर वार्डका वडाध्यक्ष उद्वव अर्याल, बाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजनाका अध्यक्ष कृष्ण कार्की, कार्यक्रम प्रमुख होमनाथ पोख्रेल लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्