विराटनगरका १२ जना महिलालाई सिलाई मेसिन प्रदान

<span class='c1'>विराटनगरका १२ जना महिलालाई</span> <span class='c2'>सिलाई मेसिन प्रदान</span>

विराटनगर, २० जेठ ।
गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिलालाई सिलाइ मेसिन प्रदान गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गत बैशाख २० गते देखि जेठ २० गतेसम्म सिलाइ कटाइ तालिम प्रदान गरिएको थियो । विराटनगर महानगरकाका मेयर भीम पराजुली र उपमेयर इन्दीरा कार्कीले तालिममा सहभागीहरुलाइ सिलाउने मेसिन प्रदान गरिन् ।
मेयर पराजुलीले गरीबसँग विश्वेश्वर कार्यक्रम फलदायी बनेको र यसलाइ निरन्तरता दिने बताए । कार्यक्रममा ८ नम्बर वार्डका वडाध्यक्ष निश्चल अर्याल, गरिबसंग विश्वेश्वर कार्यक्रमका जिल्ला समन्वयकर्ता सुवोध निरौला लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्