विदा कटौतीको विरोधमा नेपाल मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

<span class='c1'>विदा कटौतीको विरोधमा नेपाल मुस्लिम</span> <span class='c2'>संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र</span>

विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो ।
मुस्लिम समुदायले बामपन्थी नेतृत्वको सरकारले मुस्लिम समुदायको पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकारको बिरोध गरेको हो । धर्म–निरपेक्षता सम्बन्धित संवैधानिक व्यवस्था विपरित वामपन्थी सरकारले मुस्लिम समुदायको पर्वको विदा कटौती गरेको भन्दै ज्ञापनपत्र बुझाएको मुस्लिम संघका केन्द्रिय सदस्य अब्जन हुसेन गुल्जारले जानकारी दिए ।
सरकारले धर्म निरपेक्षताको धज्जी उडाएको भन्दै कटौती गरेको विदाको निर्णय तत्काल फिर्ता गर्नुपर्ने मुस्लिम समुदायले छ । नेपाल मुस्लिम संघले मुस्लिमको पर्व इद, बकरइद, हजरत मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, मुस्लिमहरुले सदियौंदेखि भोगचलन गर्दै आएको कबरस्थानलाई कबरस्थानकै नाममा दर्ता गर्नुपर्ने, राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई राष्टिय मूलधारमा ल्याउन र व्यवस्थित गर्न अधिकार सम्पन्न राष्टिय मदरसा बोर्डको गठन गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्