आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु

<span class='c1'>आजदेखि भोजपुर-काठमाडौँ हवाई</span> <span class='c2'>उडान पुन सुचारु</span>

भोजपुर, रासस । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ ।

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ ।

राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौंको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए । बढेको भाडासहित काठमाडौं—भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ ।
गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्