इटहरी इन्टरनेसनल कलेजबाट बिद्यार्थीलाई थाइल्याण्ड शैक्षिक भ्रमणको अवसर

<span class='c1'>इटहरी इन्टरनेसनल कलेजबाट बिद्यार्थीलाई</span> <span class='c2'>थाइल्याण्ड शैक्षिक भ्रमणको अवसर</span>

बिराटनगर जेठ २२ , आर्थिक तथा शैक्षिक हबको रुपमा बिकशित हुदै गरेको इटहरी नजिकै रहेको बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजबाट १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड जाने भएका हुन् ।

१ हप्ताको थाइल्याण्ड बसाईका क्रममा बिद्यार्थीहरुले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा बिभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुने छन् । सेप्टेम्बर ९ देखि १८ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा जाने छन् । थाइल्याण्ड विश्व अर्थतन्त्रमा उडाउदै गरेको मुलुक भएको र उक्त भ्रमणले कलेजका बिद्यार्थीहरुले जीवन उपयोगी शिप पाउने कलेजका प्रबन्ध निर्देशक गणेश दुलालको दाबी रहेको छ । पूर्वमा आइटीको आकर्षण बढि रहेको र उक्त कलेज खुलेपछि बिद्यार्थीहरुले अन्तर्रा्ष्ट्रिय आइटी शिक्षा पुर्व मै पाएपछि हर्षित रहेको पनि दुलालले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री म्यानेजमेन्ट अन्तर्गत बिबिए डिग्री र बिअईटि डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्