अवैध उत्खननमा संलग्न स्काईभेटर पक्राउ

<span class='c1'>अवैध उत्खननमा संलग्न</span> <span class='c2'>स्काईभेटर पक्राउ</span>

विराटनगर, २२ जेठ ।
मोरङको केरावारीको खदम ओलामा अबैध उत्खनन् गरेको एक्साभेटर प्रहरीले नियन्त्रणमाको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं. ८ स्थित जंगल छेउ खदम खोलाबाट मिक्स गिटी उत्खनन गरी रहेको अवस्थामा को १ क ८१५८ र बा २ क २७९० नं.को स्काईभेटरलाई नियन्त्रणमा लिएको हो । बिगत केही दिन पहिला देखि नै खदम खोलामा अबैध उत्खनन् भएको बिषयमा संचार माध्याममा आएपछि अहिले सबै क्षेत्र झस्कीएका छन् । गाउँपालिकाका अध्यक्ष देखि वडा अध्यक्ष र सदस्यहरुको संलग्नतामा खोलाको अबैध दोहन हुँदै आएको थियो । तर त्यो बिषयमा संचार माध्याममा समाचार आएपछि प्रहरीको सक्रियता मात्र बढेको छैन जिल्ला स्तरिय छानविन समितिले काम समेत गरि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्