कटहरीको महेशपुरका बालबालिकालाई ५१ हजार सहयोग

<span class='c1'>कटहरीको महेशपुरका बालबालिकालाई</span> <span class='c2'>५१ हजार सहयोग</span>

विराटनगर, २३ जेठ ।
कटहरी गाउँपालिका १ स्थित महेशपुर आधारभुत विद्यालयले अभिभावक भेला सम्पन्न गरेको छ । महेशपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रमको अयाोजना गर्दै सो बिद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले विकास र समृद्धिको पहिलो आधार शिक्षा भएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरोकारवालाहरु अझ प्रभावकारी ढंगले लाग्नुपर्ने बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त राजवंशीले ग्रामीण भेगमा समेत गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने उद्धेश्यले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको बताए ।
विराटनगर ४ की शिक्षासेवी मायावती राजवंशीले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति दिने उद्धेश्यले स्थापित अक्षयकोषमा ५१ हजारको सहयोग रकम प्रदान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्