मधेश आन्दोलनका शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

<span class='c1'>मधेश आन्दोलनका शहीद परिवारलाई आयआर्जनका</span> <span class='c2'>लागि गाई र भैँसी</span>

राजविराज, जेठ २३ गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।

राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उहाँले गर्नुभयो ।

प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेका छन् । राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्