एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन, दुवैको उमेर २० वर्ष

<span class='c1'>एक घरका दुई बुहारी एकैदिनदेखि</span> <span class='c2'>सम्पर्कविहीन, दुवैको उमेर २० वर्ष</span>

म्याग्दी, २४ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो ।

बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उहाँले बताउनुभयो । “हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्‍याँ तर केही पनि पत्ता लाग्न सकेन,”– बुढाले भन्नुभयो । हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ ।
खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमान्समेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् ।

घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्किएपछि मोबाइल फोनसमेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्