आफ्नै श्रीमतीको हत्या गर्ने सप्तरीका जयप्रकाशलाई जन्मकैद सजाय

<span class='c1'>आफ्नै श्रीमतीको हत्या गर्ने</span> <span class='c2'>सप्तरीका जयप्रकाशलाई जन्मकैद सजाय</span>

राजविराज जेठ २४ । सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।

बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्