धरानमा साइकल सिक्नेक्रममा लडेर एकजनाको मृत्यु

धरानमा साइकल सिक्नेक्रममा लडेर एकजनाको मृत्यु

सुनसरी, जेष्ठ २६ गते।

सुनसरीको धरान उपमहानगरपालिका ६ पानमारामा साइकलबाट लडेर सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीया गीता मंग्रातीको मृत्यु भएको छ।

बिहिबार साँझ साइकल सिक्नेक्रममा लडेर टाउकोम चोट लागी गम्भीर घाइते भएकी मंग्रातीको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको आफन्तले प्रहरीलाई बताए।

घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्