कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, २ दिनमा १८४ जना पक्राउ

<span class='c1'>कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी,</span> <span class='c2'>२ दिनमा १८४ जना पक्राउ</span>

काठमाडौं, २७ जेठ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वैदेशिक रोजगारीका लागि कोरिया जान दिनुपर्ने भाषा परीक्षामा नक्कली परीक्षार्थीहरु फेला परेका छन् ।

प्रहरीले शनिवार र आइतवार भएको परीक्षामा सहभागी भएका १८४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । ईपीएसको नवौं परीक्षाअन्तर्गत आइतवार काठमाडौंमा १६ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । प्रहरीले ९ वटा परीक्षाकेन्द्रबाट १ सय ३७ जना नक्कली परीक्षार्थी फेला पारेको छ ।

प्रहरीले आइतवार बौद्धस्थित जेभियर इन्टरनेसनल स्कुलमा रहेको परीक्षा केन्द्रबाट ५८, बत्तिसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजमा रहेको परीक्षा केन्द्रबाट ७ जना, तीनकुनेस्थित भीएस निकेतनमा रहेको परीक्षा केन्द्रबाट १४ जना, नयाँ बानेश्वरस्थित नोबल एकेडेमीमा रहेको परीक्षा केन्द्रबाट १० जना पक्राउ गरेको छ ।

यस्तै मैतीदेवीको युनिभर्सल कलेजमा रहेको परीक्षा केन्द्रबाट १६ जना, डिल्लीबजारस्थित टाईम्स इन्टरनेसनलमा रहेको परीक्षा केन्द्रबाट १९ जना, कलंकीस्थित एलआरआई स्कूलमा रहेको परीक्षा केन्द्रबाट २ जना, नयाँ बानेश्वरस्थित एनकेसिंह मेमोरियल कलेजबाट ८ जना र डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल ३ जना पक्राउ परेका छन् । आइतवार पक्राउ पर्ने परीक्षार्थीमा १० जना महिला र १२७ जना पुरुष छन् । प्रहरीले शनिवार सञ्चालन भएको परीक्षामा काठमाडौंको ७ वटा परीक्षा केन्द्रबाट ४७ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्