चट्याङ लागेर २ विद्यार्थीको ज्यान गयो, कार्यालय सहयोगीसहित ९ घाइते

<span class='c1'>चट्याङ लागेर २ विद्यार्थीको ज्यान</span> <span class='c2'>गयो, कार्यालय सहयोगीसहित ९ घाइते</span>

 सुर्खेत,२७ जेठ। सुर्खेतमा चट्याङ लागेर आइतबार दुई जना विद्यार्थीको ज्यान गएको छ ।चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्रावि धनापानी, मटेलामा अध्ययनरत २ जना बालबालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत  ७ बर्षीया  निर्मला चन्द र अमरबहादुर चन्दको ज्यान गएको हो ।कक्षा कोठामा पढिरहेको समयमा बिहान करिब साढे ११ बजे चट्याङ परेर उनीहरुको ज्यान गएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर ओलीले जानकारी दिनुभयो ।

यसैगरी चट्याङकै कारण ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा त्यसै विद्यालयमा कक्षा ३ मा पढ्ने नौ वर्षकी लक्ष्मी चन्द, १० वर्षीय ताराकुमारी चन्द, कक्षा १ मा पढ्ने पाँच वर्षकी दुरपता  चन्द, ७ बर्षिय शुरेश चन्द, कक्षा २ मा अध्ययनरत ७ बर्षिय निर्मला चन्द छन् । अन्य घाइतेहरुमा कक्षा १ मा अध्ययनरत मिना शाही, पाँच वर्षीया डिलसरा शाही, बिमला चन्द, र कार्यालय सहयोगी ३६ वर्षीय हरिबहादुर चन्द घाइते भएका छन् ।
उनीहरुको इलाका स्वास्थ्य चौकी मटेलामा उपचार भइरहेको छ ।मृतक दुई जना विद्यार्थीहरुको शब पोष्टमाटमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनर ल्याइएको छ । कक्षा ३ सम्म्म मात्र पढाई हुने उक्त विद्यालयमा १ जना शिक्षक र एक जना कार्यालय सहयोगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्