टुक्रीएर आज परिवार खै के भयो? – रन्जु दर्शना

टुक्रीएर आज परिवार खै के भयो? – रन्जु दर्शना

टुक्रीएर आज परिवार खै के भयो?
दशैंको टिका आज चार जनामा सिमित भयो।

टुक्रीएर आज परिवार खै के भयो?
अस्पतालको सैयामा आगन्तुक मात्र १ भयो।

टुक्रीएर आज परिवार खै के भयो?
कमाएर बैंकमा राखेको डबल भयो

टुक्रीएर आज परिवार खै के भयो?
डबल भएको पैसा मर्न लाग्दा ज्या भयो।

टुक्रीएर आज परिवार खै के भयो?
टिभी र फोनले आज आँसु थाम्ने भयो।

टुक्रीएर आज परिवार खै के भयो?
आमाको काख र बाबाको काँध कल्पना मात्र भयो।

टुक्रीएर आज परिवार खै के भयो?
पकवान पाक्ने अब २ माना मात्र भयो।

टुक्रीएर आज परिवार खै के भयो?
चाड बाड अब चाँडै सकिने भयो।

टुक्रीएर आज परिवार खै के भयो?
हाँसो र खिस्यौटिको मात्रा न्यून भयो।

टुक्रीएर आज परिवार खै के भयो?
बुढो हजुरआमा र बुवाको अन्तिम सास भारी भयो।

टुक्रीएर आज परिवार खै के भयो?
घरको त्यो कुना काप्चा पनि बुढो भयो।

टुक्रीएर आज परिवार खै के भयो?
बाल्यकाल देखिका सम्झना धमिलो भयो।

टुक्रीएर आज परिवार खै के भयो?
दाजु भाई दीदी बहिनी सँग गफ सपना भयो।

टुक्रीएर आज परिवार खै के भयो?
माया र जीवनका गाथा कथा मात्र भयो।

टुक्रीएर आज परिवार खै के भयो?
रात र दिन मिलेर आज एक भएन
साँझ र बिहानी धेरै टाढा टाढा भए
एकअर्काको हालखबर पनि सोध्न पाएनन्
आकाशमा छारपष्ट तारा झैँ भयो।
टुक्रीएर आज परिवार खै के भयो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्