राजविराजमा ससुराको कुटपिटबाट ज्वाइँको हत्या

<span class='c1'>राजविराजमा ससुराको कुटपिटबाट</span> <span class='c2'>ज्वाइँको हत्या</span>

सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् ।

ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् ।

दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई हत्या गरेको आफन्तको आरोप छ ।

मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमती रेश्मी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनावद्ध ढंगले हत्या गरेको परिवारजनको आरोप छ ।

मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदयाल साहसहित तीन जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्