दमक नगरपालिकाका प्रमुख ओलीलाई लक्षित गरि बम प्रहार

<span class='c1'>दमक नगरपालिकाका प्रमुख ओलीलाई</span> <span class='c2'>लक्षित गरि बम प्रहार</span>

दमक जेठ ३१ - दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।

बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, कार्यालयबाट बेलुका ६ बजे घरतर्फ आउने क्रममा मोडमा कसैले शंकास्पद वस्तु राखेका थिए । गाडीमा एक्कासी अनौठो आवाज आएको थियो, ओलीले भनिन्, तर अरु केही भएको ठान्यौ,  घरमा आएर हेर्दा कार्टुन भित्र प्याक गरेको अवस्थामा बम फेला पर्यो।

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई बिहिवार बिहान नेपाली सेनाका सुरक्षाकर्मीले डिस्पोज गरेका थिए । यस अघि पनि ओली निबासमा बम बिष्फोट गराइएको थियो । दमकमा झन्डै एक महिना अघि दमक ७ का वार्ड अध्यक्ष भिम पौडेलको घरमा समेत बिष्फोटन गराइएको थियो।(नागरिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्