सप्तरीमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

<span class='c1'>सप्तरीमा यात्रुबाहक बसले मोटरसाइकललाई</span> <span class='c2'>ठक्कर दिँदा एकजनाको मृत्यु</span>

राजविराज, जेठ ३१ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बसकोे ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । यस्तै, सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने वैजनाथ साह गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका वैजनाथको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । यता बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको जिप्रकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्