सगुन राईको स्मृति कोषबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान

<span class='c1'>सगुन राईको स्मृति कोषबाट उत्कृष्ट</span> <span class='c2'>अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान</span>

विराटनगर १ असार । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत स्व. छात्रा सगुन राईको स्मृति कोषबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान गरिएको छ ।
स्वर्गिय सगनु राईका परिवारले कलजेमा शुक्रबार एक कार्यक्रमको आयोजना सगुन स्मृति छात्रावृती पुरस्कारबाट विज्ञान रसायन शास्त्र विषयमा उत्कृष्ट अंक ल्याउने छात्रलाई पुरस्कार प्रदान गरिएको छ । ३ बर्ष अगाडी सगनुको मस्तिष्कघातबाट असामायिक निधन भएको थियो ।
सगुनका बुबा टिकाराम राई लगायत उनका परिवारले आफ्नो छोरीको नाममा स्थापना गरेको २ लाख ५१ हजारको कोषबाट आएको व्याजबाट कलेजका छात्र छात्राहरुका निम्ती पुरस्कार दिने क्याम्पसबाट सहमती गरिएको थियो । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा प्रथम सेमेस्टार विज्ञान रसायन शास्त्र अध्ययनरत पवन साहलाई नगद १५ हजार प्रदान गरिएको थियो । छात्रवृती पुरस्कार कलेजका प्रध्यापक प्रमोद कुमार खेरवार, सितारम गुप्ता, गुढरप्रसाद यादव लगायतले हस्तान्तण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्