विराटनगरमा महिलालाई राजनीतिमा अबसरको खोजी

<span class='c1'>विराटनगरमा महिलालाई राजनीतिमा</span> <span class='c2'>अबसरको खोजी</span>

विराटनगर १ असार । समाजमा पुरुष प्रधान हुनु र महिलाले घरेलु कामको जिम्मेवारी बहन गर्नु पर्ने भएका कारण महिलाको राजनीतिमा सहभागीता कमी देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा शुक्रबार आयोजना गरेको ‘महिला अधिकार निर्णायक तह र राजनीतिमा सहभागीता सन्दर्भमा आयोजित जिल्ला स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित सहभागीहरुले महिलाको उपस्थितीको बिषयमा खुलेर बहस गरेका हुन ।
नेपालमा अझै पनि पुरुषलाई हरेक तह र तप्कामा अगाडी बढाए कै कारण महिलाहरु पछाडी परेको उनीहरुले गुनासो गरे । सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल किराँत राई यायोक्खा नगर कार्य समिती विराटनगरका अध्यक्ष विष्णु कुमारी राईले राजनीतिमा महिलाहरु स्वयम्ले चासो र जिम्मेवारी भएर लाग्न सके राजनीतिमा सहभागीता जनाउन सकिने बताईन् । महिलालाई राजनीतिको बारेमा जानकारीको कमी भएका कारण पनि महिलाहरु पछि परेको उनको भनाई छ ।
जिल्ला समन्वय समिती मोरङका नरेश पोखरेलले सविधानले महिलाहरुको लागि केही आरक्षण गरेपनि सम्बद्ध कानुन र नियमद्धारा कुनै आरक्षण नगरीने भएका कारण राजनीतिमा महिलाहरुको अवरोध हुने गरेको बताए । उनले राजनितिक दलहरुले उचित प्रोत्साहन नदिएका कारण पनि महिलाहरुलाई राजनितीमा पछि परेको हुन सक्ने धारणा व्याक्त गरे ।
कार्यक्रममा नेकपाका ऋषीकेश पोखरेलले महिला अधिकार निर्णायक तह र राजनीतिमा अग्रसर बढाउनकोलागि महिला स्वयमले भुमिका खेल्नुपर्ने बताए । महिलाहरुलाई अगाडी बढाउन महिला संगठन तथा राजनितीक दल र राज्यले पनि गहिरो भुमिका हुनुपर्नेमा जोड दिए । जागरण नेपालकी क्षेत्रीय संयोजक प्रतिक्षा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता जगत थापाले ‘महिला अधिकार निर्णयक तह र राजनितीमा सहभागीता सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्