पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किए , स्पेनसँग ३-३ काे बराबरी (तस्बिरसहित)

<span class='c1'>पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किए</span> <span class='c2'>, स्पेनसँग ३-३ काे बराबरी (तस्बिरसहित)</span>

काठमाडौं, २ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।पोर्चुगलको  कप्तान समेत रहेका  क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक पूरा गर्ने क्रममा उनले  खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत पहिलो गरे । यस्तै खेलको ४४ औं मिनेटमा अर्को गोल थपेका  उनले  ८८ औं मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । योसँगै उनले क्लब र पोर्चुगाली राष्ट्रिय टिमबाट गरी ५१ औं ह्याट्रिक समेत पूरा गरेका छन् । यता स्पेनका लागि  डिएगो कोस्टाको २ गोल गरे भने नाचोले एक गोल गरे ।

कोस्टाले  खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे भने नाचोले पनि ५८ औं मिनेटमा अर्को गोल गरेका हुन् ।  नाचाले  स्पेनलाई ३–२ को अवस्थामा पुराएको बेला रोनाल्डोले ८८ औ मिनेटमा फ्रिकिकबाट बराबरी गोल गरेका हुन् ।त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।  समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्