धनकुटाको नमस्ते झरनामा ढुंगा खसेर एक युवाको मृत्यु

<span class='c1'>धनकुटाको नमस्ते झरनामा ढुंगा</span> <span class='c2'>खसेर एक युवाको मृत्यु</span>

इटहरी असार २ , पर्यटकीयस्थल भेडेटारमा रहेको सिम्सुवा खोलाको नमस्ते झरनामा शुक्रबार दिउँसो ढुंगा खसेर एक युवककाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा  र्इटहरी ९ का  विक्रम तामाङकाे माथि डाँडाबाट खसेकाे ढुंगा लागि मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । उनकाे  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै ज्यान गएको अस्पताल श्राेतले जानकारी दिएकाे छ ।

नमस्ते झरना घुम्न आउने पर्यटक बर्सेनि दुर्घटनाको जोखिममा पर्ने गरेका छन् ।  झरना जाने बाटो साँघुरो र अप्ठ्यारो भएका कारण पर्यटकलाई समस्या थपिँदै आएको छ । पचास मिटर अग्लो रहेको सो झरनामा दैनिक ६०० भन्दा बढी पर्यटक अवलोकनका लागि आउने गरेका छन् । सार्वजनिक बिदा, चाडपर्व र विशेष अवसरमा खचाखच हुने झरना क्षेत्र व्यवस्थित नहुँदा दर्जनौँ पर्यटक लडेर घाइते हुने गरेको भेडेटार– ३ की टङ्कमाया राईले बताए ।(पुर्बेली न्युज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्