विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

<span class='c1'>विश्वकप २०१८ को पहिलो रेड कार्ड</span> <span class='c2'>सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो</span>

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् ।

खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाएका छन् । स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित भएपछि अझ दबाबमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्