तराईमा उत्पादित आँपले बजारको माग धान्दै

<span class='c1'>तराईमा उत्पादित आँपले</span> <span class='c2'>बजारको माग धान्दै</span>

रविन भट्टराई

झापा, असार ८ । यो वर्ष झापासहित अधिकांश जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै अधिकांश फलफूल बजारमा तराईमा उत्पादित आँपले नै माग धानिरहेको देखिन्छ ।

फलफूलको राजा भनेर चिनिने आँपको सिजन भएको कारण यतिबेला फलफूल पसलमा आँप नै बढी देखिने गरेको छ । अधिकांश फलफूलबजारको मागलाई भारतीय उत्पादनले धानिरहेको भए पनि पूर्वमा तराईकै आँपले बजारको माग धानिरहेको छ ।

फूल फुल्ने समयमा किरा नलागेको र असिना पनि नपरेको हुँदा यो वर्ष अघिल्ला वर्षको तुलनामा आप उत्पादन बढी भएको कृषकहरुको भनाइ छ  । अहिले झापाको बिर्तामोडसहित पूर्वी जिल्लाका बजारमा तराईमा उत्पादन भएको आप नै बिक्री भइरहेको छ ।

अत्याधिक उत्पादन भएका कारण यतिबेला तराई क्षेत्रमा आपको मूल्य पनि पहिलेभन्दा निकै सस्तो भएको छ । आँप उत्पादनको केन्द्र मानिने सप्तरीआसपासका क्षेत्र रुखभरी लटरम्म आँपले ढाकिएको छ । कृषि उपज थोक बजार बिर्तामोडका प्रमुख सुरेश कुमार कामतले अहिले तराईकै आँपले बजार धानिरहेको बताउँछन् ।

वैशाख पहिलो सातासम्म भारतबाट केही आँप भित्रिए पनि अहिले भने नेपालमैै उत्पादन पर्याप्त भएपछि भारतबाट आँप भित्रिन छाडेको कृषि उपज थोक बजार बिर्तामोडको तथ्याङ्कले देखाएको छ । भारतबाट भित्रिएको आँपभन्दा नेपालमा उत्पादित आँपको गुणस्तर राम्रो भएको विषादी मापन प्रयोगशाला केन्द्र प्रदेश १ ले जनाएको छ ।

पछिल्लो समय सप्तरीसहित तराईका अधिकांश जिल्लाका कृषकहरु आँप खेतीतर्फ आकर्षित हुन थालेका छन् । आपको केन्द्र्र मानिने सप्तरीले देशको अधिकांश माग धान्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्