ओवी समाचार प्रभाव: विराटनगरबाट नावालिका छोरी सहित वेपत्ता भएका श्रीमान् २६ दिनपछि ईलाममा भेटिए…

<span class='c1'>ओवी समाचार प्रभाव: विराटनगरबाट नावालिका छोरी सहित</span> <span class='c2'>वेपत्ता भएका श्रीमान् २६ दिनपछि ईलाममा भेटिए…</span>

प्रेम देवान ,आवर विराटनगर डट नेट
विराटनगर, १० असार । ”छोरी लिन विद्यालय गएका श्रीमान विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि” भन्ने शिर्षकमा गत ‘ जेठ २८ गते भिडीयो सहितको आवर विराटनगर डट नेटमा समाचार प्रकाशन गरिएको थियो । आज त्यही समाचार र भिडीयो हेरेको आधारमा हराएका बाबुछोरी सहित अर्की एक महिला पनि भेटिएकी छन् ।

मोरङको रंगेली २ मझुवा पुल स्थायी घर भई हाल विराटनगर ३ अस्थायी बसोबास गर्दै आएका ३१ बर्षिय दिपक आचार्य गत जेठ १५ गते घरबाट ४ बर्षिया छोरी दक्षिणा आचार्य वेपत्ता भएका थिए । वेपत्ता भएको लामो समय सम्म पनि सम्र्पकमा नआएपछि उनका श्रीमती तुलासा भण्डारी आचार्यले पत्रकार सम्मेलन गरी छोरी र श्रीमान् खोजी दिन आग्रह गरेकी थिईन् ।

दैनिक श्रीमान् र नावालीका छोरीको खोजीमा भौतारिरहेकी तुलसालाई आज असार १० उनको अविस्मणीय दिन रहेको छ । आवर विराटनगरले श्रीमान् र छोरी सहितको फोटो प्रकाशित गरेको समाचार हेरेर ईलामका एक जना कपडा पसलले तुलसालाई खबर गरेका थिए । नभन्दै आजै विहान तुलसा विराटनगरका केही सञ्चारकर्मी सहित आफन्तको टोली लिएर ईलाम पुगेका थिए । ईलामको १ नविन चोकमा डेरा गरी बसेको स्थानमा फेला पारी अहिले ती युवती सहित श्रीमान्लाई जिल्ला प्रहरी कार्यलय इलाममा राखि थप अनुसन्धान भईरहेको बुझिएको छ । नावालिका छोरी अहिले उनिसँगै रहेको आमा तुलसाले आवर विराटनगरलाई जानकारी दिईन् । तुलसाले आवर विराटनगरलाई पनि ध्याबाद दिएकी छन् आज मेरो छोरी र श्रीमान् तपाईहरुको समचारमा हेरेर नै पत्ता लाग्यो, ‘आगामी दिनमा पनि अझ यस्तै पिडीतहरुकोृ न्यायको खोजीमा कलम चलाउन आग्रह गर्छु । ’

विराटनगर १० कलेज रोडमा आफैले संञ्चालन गर्दै आएको छापाखानाबाट जेठ १५ गते ३ बजे तिर स्कुलमा पढ्दै गरेकी छोरीलाई लिन गएका दिपक घरबाटै वेपत्ता भएका थिए ।

यस्तो थियो समाचार :

https://ourbiratnagar.net/2018/06/56567

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्