विराटनगर महानगरपालिकाको दोश्रो नगरसभामा वडा सदस्य र महिला स्वास्थ्य स्वयम सेविकाको बिरोध ।

<span class='c1'>विराटनगर महानगरपालिकाको दोश्रो नगरसभामा  वडा सदस्य र</span> <span class='c2'>महिला स्वास्थ्य स्वयम सेविकाको  बिरोध ।</span>

विराटनगर, १० असार ।
विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा शुरु हुन नपाउँदै केही विवादहरु देखिएका छन् । कार्यक्रम शुरु हुन नपाउँदै वडा सदस्य र महिला स्वास्थ्य स्वयम सेविकाहरुले कार्यक्रममा सम्बोधन नगरिएको भन्दै कार्यक्रम बहिस्कार गर्न खोजेका थिए ।
आर्थिक बर्ष २०७५-०७६को नीति तथा कार्यक्रम सार्बजनिक गर्नको लागि आयोजना गरिएको कार्यक्रममा महिला स्वस्थ्य स्वयम सेविकाहरुले आफुहरुलाई अपमान गर्न खोजेको भन्दै कार्यक्रम बहिस्कार गी एक हुल बाहिर निस्कँनै लाग्दा बिचमा रहेका केही महानगरका कर्मचारीले रोके । तर उनीहरु सम्बोधनमा महिला स्वयम सेविकालाई हेला गरिएको भन्दै उनीहरुको आक्रोश कम भएन ।
त्यही बिचमा वडा सदस्यहरु पनि एकाएक उठेर कार्यक्रम बहिस्कार भन्दै बाहिर निस्कीए । वडा सदस्यहरु बाहिर निस्कँदै गर्दा मेयर भिम पराजुलीलाई त्यो बेलासम्म नबोली भरै भएन । अनी मेयर पराजुलीले माईकिङ गरेर गल्ति स्वीकार गरेपछि उनीहरु केही मत्थर भएर कार्यक्रम स्थलमा बसे । यो घटना क्रमको मुख्य कारण भने दिउँसो २ बजे भनेर बोलाईएका कार्यक्रम करिब २ घण्टा ढिलो शुरुहुँदाको परिणम भएको कार्यक्रममा एक सहभागीले बताए ।
कार्यक्रम ढिला शुरु हुँदा आक्रोशमा बसेका महिला स्वयम सेबिकाहरुले कार्यक्रममा आसन ग्रहण गराउँदा आफुहरुको नाम छुटाएको भन्दै बिरोध गरेका हुन । त्यस्तै वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आशन ग्रहण गराएको भएपनि वडा सदस्यलाई आशन ग्रहण नगराएपछि महिला स्वास्थ्य स्वयम सेविकाले कुरा उठाउने बितिकै वडा सदस्यहरुपनि आक्रोशित भएका थिए ।
विराटनगरको बजेट ४ अर्ब ४७ करोड
विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्बजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख रहेको छ । अनुमानित बजेटमा आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वितिय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार रहेको मेयर पराजुलीले जानकारी दिए । त्यस्तै संघीय सरकार शसर्त अनुदान बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख, संघीय सरकार समपुरा विशेष अनुदान १० करोड, संघीय सरकार शसर्त अनुदान ३६ करोड १५ लाख रहेको छ । बैदेशिक तथा अन्य संघ संस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागीताबाट ३ करोड ५० लाखको आशा गरिएको छ ।
प्राप्त रकम मध्य ४ दशमलव ४७ प्रतिशत सामाजिक सुरक्षा भत्तामा जाने देखिएको छ । भने भौतिक पुर्वाधार निर्माणको लागि भन्दै महानगरले ७२ दशमल ७२ प्रतिशत अर्थात ३ अर्र्ब २५ करोड ३ लाख खर्च हुने बताएको छ । वातावरण, सरसफाई विपद ब्यवस्थापन, सुचना तथा प्रबिधि ब्यवस्थापन, संस्थागत विकास सेवा प्रवाह र सुशासनको लागि १ दशमलव ३३ प्रतिशत अर्थात ५ करोड ९३ लाख ३० हजार बिनियोजन गरेको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि र पशुपन्छी कार्यक्रममा संघीय सरकारको शसर्त अनुदान समेत गरी ६२ करोड ४३ लाख ३४ हजार अर्थात १३ दशमलव ९६ प्रतिशत रकम विनियोजन गरिएको मेयर पराजुलीले जानकारी दिए ।
आफ्नो अधिकार स्थानीय तहले बुझेनन
स्थानीय तह कार्यान्वनयनमा गएको पनि एक बर्ष पुरा भएको छ । एक बर्षको अबधिमा धेरै राम्रा पनि काम भएपनि कतिपय कामहरु झारा टार्ने खालको भएको छ । तर बिराटनगर महानगरपालिकाले दोश्रो नगरसभा गरी रहँदा आफ्नो अधिकारको पुर्ण प्रयोग गरेको पाईएन ।
स्थानीय तह आफैमा स्थानीय सरकार भएकोले आफुले बनाएको बजेट नीति तथा कार्यक्रम जारी भई रहँदा कार्यक्रममा प्रमुख अतिथी संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित थिए । उनीसँगै बिराटनगरको बिरेन्द्र सभागृहको मञ्चमा प्रसस्तै अतिथीहरु बोलाईएका थिए । मञ्चमा संघीय संसदका ३ जना सांसद थिए भने प्रदेश सभाका झण्डै एक दर्जन प्रदेश सभा सदस्यहरुको उपस्थिती थियो । यो पुरानो परम्परा भएपनि अहिले स्थानीय सरकारले पनि पुरानै परम्परालाई निरन्तरता दिएको पाईएको छ ।
हिजो मात्र पनि मोरङको केरावारी गाउँपालिकाले पनि दोश्रो गाउँ सभामा प्रमुख अतिथीमा यसैगरी लालबाबु पण्डितलाई प्रमुख अतिथी बनाएको थियो भने अतीथिहरुमा सांसद देखि जिल्ला समन्वय समितिका अध्यक्ष समेतलाई बोलाएर मञ्चमा राखिएको थियो । कतिपय स्थानीय तहले आफ्नो अधिकार आफैले प्रयोग गर्ने भन्दै बजेट सार्बजनिक संसदमा गरेको जस्तै गरी गरेको पाईएपनि कतिपय स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नजानेको टिका टिप्पणी हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्