मोरङमा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

<span class='c1'>मोरङमा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु, चार जना घाइते</span>

मोरङ, असार १० गते ।

मोरङको तीन स्थानमा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्।

मोरङ विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएको छ।

आफैले चलाएको को २९ प ४२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अजयको नोबेल अस्पताल विराटनगरमा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार धरान-१० बस्ने ३६ वर्षीय उमेश राईको अवस्था गम्भीर रहेको छ। उनको सोही अस्पतालमा उपचार भईरहेको छ।

यसैगरी बेलबारी नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गमा चालक झापा गौराहदह बस्ने २६ वर्षीय दुर्गा बहादुर श्रेष्ठ र पछाडी सवार ३३ वर्षीय जयकुमार श्रेष्ठ घाइते भएका छन।

पूर्बबाट पश्चिमतर्फ जादै गरेको को ६ प ३३४३ नम्बरको मोटरसाइकल बिहान ७ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका दुबै जनाको दमकस्थित आम्दा अस्पतालमा उपचार भईहरकोछ।

यता उर्लाबारी नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा ट्याम्पुले स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार एक युवती घाइते भएकी छन।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को ५ प ४२४६ नम्बरको स्कुटरलाई को १ ह ९६१५ नम्बरको ट्याम्पुले ठक्कर दिंदा उर्लाबारी-७ बस्ने २० वर्षीय आस्मा राई घाईते भएकी हुन।

घाइते युवतीलाई नोबेल अस्पताल विराटनगर ल्याइएको छ भने ट्याम्पुका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्