खोटाङमा नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

<span class='c1'>खोटाङमा नक्कली नागरिकताको प्रतिलिपि</span> <span class='c2'>लिन खोज्ने युवा पक्राउ</span>

खोटाङ (रासस) । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता अर्कै व्यक्तिको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

पक्राउ परेका क्षेत्रीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । क्षेत्रीले जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपि लिन खोजेको पाइएको छ ।

साविकको ज्यामिरे गाविस–९ ठेगाना भएको नागरिकताको फोटोकपीमा क्षेत्रीको जन्म मिति २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्