जग्गा विवादले उग्ररुप लिएपछि आफ्नै छोराको हत्या गरे बाबुले !

<span class='c1'>जग्गा विवादले उग्ररुप लिएपछि आफ्नै</span> <span class='c2'>छोराको हत्या गरे बाबुले !</span>

बासुदेव वर्मा , कपिलवस्तु, असार १२ । जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।

यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए ।

छोराले दिनहुँ मानसिक तनाब दिने र गाली–गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको मोहनले प्रहरीसामु बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्