सुन्दरीलाई फेरी अवसर, प्रदेश स्तरीय सौर्दय प्रतियोगीताको अडिसन असार १७ गतेबाट

<span class='c1'>सुन्दरीलाई फेरी अवसर, प्रदेश स्तरीय सौर्दय</span> <span class='c2'>प्रतियोगीताको अडिसन असार १७ गतेबाट</span>

प्रेम देवान
विराटनगर १२ असार । झापामा रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोडले प्रदेश स्तरीय सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रा.लि.ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रदेश नम्बर १ स्तरीय महिला सौन्दर्य प्रतियोगीता’ गराउन लागेको जानकारी दिएको हो । किशोरीहरुमा भएको सौन्दर्यता तथा व्यात्तित्व विकासलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाउन यस प्रकारको प्रतियोगीता आयोजना गरिएको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक प्रनित पुडाशैनीले जनाकारी दिए ।
प्रतियोगितमा १५ बर्षदेखिका २४ बर्ष उमेर समुहका किशोरीले सहभागिता जनाउन सक्नेछन् । यसकालागि आगामी असार १७ गतेबाट अडिसन सुरु गरिने पुडाशैनिको भनाई छ । अडिसन एक नम्बर प्रदेशको विराटनगर, ईटहरी, दमक, झापा, ईलाम, वितौमोड लगायतका स्थानबाट गरिने जनाईएको छ । करिब डेढ महिनाको आन्तरिक प्रशिक्षणमा व्यात्तित्व विकास तथा नेतृत्व विकाससँगै ३३ वटा फरक–फरक शैलीमा तालिम प्रदान गरिने उनले जानकारी दिए ।
एक नम्बर प्रदेशबाट छनौट भएका करिब ३० जनालाई एलिसा अधिकारीले कोरीयोग्राफी गर्नेछिन् । ‘प्रदेश नम्बर १ स्तरीय महिला सौर्दय प्रतियोगीता २०१८’ को विजेताले नगद ५० हजार, फस्ट रनर अफले २० हजार र सेकेण्ड रनर अपले १५ हजारका साथमा उच्च शिक्षाका लागि छात्रबृती पनि व्यावस्था गरिएको कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।
साथै विजेताले स्वतः मिस नेपालमा सहभागिता जनाउन सक्ने व्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालिले यस अघि मिस टिन, मिस मेची र मिस एसईई सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्