बिराटनगर–जोगवनी दशगजा सिमा क्षेत्रको बस्ती दुबै देशका प्रहरीले हटाए

<span class='c1'>बिराटनगर–जोगवनी दशगजा सिमा क्षेत्रको बस्ती</span> <span class='c2'>दुबै देशका प्रहरीले हटाए</span>

विराटनगर, १२ असार ।
नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन शुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सिमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलले जोगवनी र रानी बिचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाईएको हो ।
नेपाल तर्फ र भारत तर्फका प्रहरी अधिकारीहर सहितको टोलीले दशगजा क्षेत्रको अतिक्रमण हटाएको छ । प्रहरीको टोलीले जोगवनीको दशगजामा राखिएका ३९ वटा टहरा, पसल, हटाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले जनाएको छ । एक महिनाको अबधिमा हटाउने समयसिमा दिएर अरु ८० वटा घरहरु हटाउने तयारी भईरहेको सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाले जानकारी दिए । यी घरहरु दशगजामा नै बनाएकोले हटाउनको लागि तत्काललाई समस्या हुने हुँदा उनीहरुलाई एक महिनाको समय दिईएको उनको भनाई छ ।
नेपाली र भारतीय दुबै पक्षले हटाउन थालेपछी उनीहरुले ५ महिनाको समय मागेका थिए । तर लामो समयसम्म बस्दै आएकाहरुलाई दुबै देशको सहमती अनुसार एक महिना भन्दा बढी समय नदिईने एसपी थापाले बताए ।
यसरी दशगजामा बस्नेमा नेपाली र भारतीय दुबै पक्षका रहेका छन् । दुबै तिर नागरिकता लिनेहरु पनि रहेको बताईन्छ । ‘पसलहरु हटाई सकिएकोछ, एसपी थापाले भने, अब घरहरु हटाउने तयारी रहेको छ ।’ दशगजा क्षेत्रमा बस्ती बस्दा भारतीय तथा नपाली भुमीमा सुरक्षा खतरा हुने भन्दै दुबै देशका सुरक्षा अधिकारीहरु दशगजा खाली गराउन सहमत भएका हुन ।
भारतको जोगवनीका नेता पप्पु पटेललाई अज्ञात ब्यक्तिले गोल हानेपछि भारतीय पक्ष पनि दशगजा खाली गराउन सकारात्मक देखिएको अधिकारीहरुको भनाई छ । भारतीय पक्ष सकारात्मक भएपछि दशगजा खाली गराउन सफल भएको नेपाल पक्षको भनाई छ । यस अघि पटक–पटक नेपाल पक्षले दशगजाको बस्ती हटाउने प्रयास गरेको भएपनि भारतीय पक्षले आलटाल गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्