विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रदेश सरकारको निर्णय

<span class='c1'>विराटनगर विमानस्थलको धावन मार्ग विस्तार</span> <span class='c2'>गर्ने प्रदेश सरकारको निर्णय</span>

विराटनगर, १३ असार ।
प्रदेश १ को मन्त्री परिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहित विस्तार गर्ने निर्णय गरेको छ । बुधवार अपरान्ह बसेको मन्त्री परिषद बैठकले विमानस्थलको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने निर्णय गरेको हो ।
एक हजार ५ सय मिटर लम्वाई भएको धावन मार्ग विस्तार गरी अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जरुरी भएको भन्दै संघीय सरकारलाई पत्र पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए । संघीय सरकारले विराटनगर विमानस्थलको धावन मार्ग २ हजार ४ सय मिटरमा विस्तार गर्ने तयारी थालेपछि प्रदेश सरकारले त्यसलाई ३ हजार पु¥याउनु पर्ने निर्णय लिइएको हो ।
विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जनस्तरबाट चर्को दवाव आइरहेको र निर्वाचनको बेला अधिकांश राजनीतिक दलले अन्तराष्ट्रिय विमानस्थल बनाउने बाचा गरेकाले प्रदेश सरकारले महत्वपूर्ण निर्णय लिएको हो । यद्यपी २ हजार ४ सय मिटरको धावन मार्ग सहज विस्तार गर्न सकिने र त्यसबाट अन्तराष्ट्रिय उडान भर्न समस्या नहुने भएकोले सहज बाटो रोज्न पर्यटन व्यवसायिहरुले सुझाव दिदै आएका छन् ।
मन्त्रिपरिषद बैठकले पत्रकार धु्रव सुवेदीलाई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने अर्को निर्णय गरेको छ । प्रारम्भ देखिनै मुख्यमन्त्री शेरधन राईको संचार सम्वन्धि काममा सहयोग गर्दै आएका पत्रकार सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको हो । वर्तमान मुख्यमन्त्री शेरधन राई यस अघि नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री भएको बेला पनि सुवेदीे सञ्चार सहयोगीको रुपमा कार्यरत थिए ।
३ वटा बिधेयक संसद सचिवालयमा पठाउने
बुधवारको मन्त्री परिषद बैठकले तीन ओटा विधेयकलाई संसद सचिवालयमा पठाउने र दुई ओटा विधेयक तयार पारेर मन्त्रिपरिषदमा पेश गर्न सैद्धान्तिक निर्णय पनि गरेको छ । बैठकले सुशासनको प्रत्याभुति गर्ने सम्वन्धमा बनेको विधेयक २०७५, कर तथा गैह्रकर राजश्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वित्त व्यवस्थापन विधेयक २०७५ सदनमा पेश गर्ने निर्णय छ ।
यसैगरी विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई सद्धान्तिक सहमति प्रदान गरेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्