शान्तीको बलात्कार गरी ढुङगाले किच्याएर हत्या गर्ने पक्राउ

<span class='c1'>शान्तीको बलात्कार गरी ढुङगाले</span> <span class='c2'>किच्याएर हत्या गर्ने पक्राउ</span>

विराटनगर, १३ असार ।
मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको बलात्कार गरी हत्याका फरार आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानका ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको हो । मोरङ्ग मिक्लाजुङ–७ को ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा शव फेला परेको थियो ।
शान्तीको हत्याको केही दिन अघि मात्र सनम शाक्यको हत्या भएकोले प्रहरीलाई अनुसन्धानमा समेत समस्या पर्दै आएको प्रहरी श्रोत बताउँछ । तर सुन तस्करी र सनम शाक्यको घटनामा संलग्नहरुको अनुसन्धानमा प्रहरीलाई लोड घटेपछि प्रहरीको टोली अन्य घटनामा केन्द्रीत भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसरी हत्या भयो
गत फागुन १९ गते राती गाउँमा धामी लगाउने कुरा भएको थियो । गाउँका सबैजना धामी हेर्न भनेर गएका थिए । उनलाई पनि गाउँमा धामी बस्ने कुराले जाउँ जस्तै लागेको थियो । अनी उनी पनि धामी बसेको मिक्लाजुङ्ग–७ स्थित कमल बोहराको घरबाट धामी बसेको हेर्न गईन् ।
फर्किँदा अलिक राती नै भईसकेको थियो । एक्लै फर्कँदै गरेकी शान्तिलाई हिकबहादुरले भेटे । स्थानीय बिर्सना राईको होटलबाट मदिरा सेवन गरी फर्कदै गरेका हिकबहादुरले बेलगौडे भन्ने स्थानमा भेटी संगै खैनी, चुरोट खाएका थिए । त्यहा केही बेरको बसाईपछि हिकबहादुरले शान्तिलाई घरमा पुर्याईदिन्छु भन्दै लगेका थिए । उनी शुरुमा त जान मानेकी थिईनन् तर बाटो एउटै पर्ने भएकोले उनले शान्तिलाई फकाए । रक्सीले मातिएर टिल्ल भएको हिकबहादुरले बाटोमा सँगै जाँदै गरेकी शान्तिलाई मिक्लाजुङ ७ स्थित ग्यांग्री खोलामा बलात्कार पश्चात ढुंगाले प्रहार गरी विभत्स हत्या गरेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । घटनामा संलग्न ब्यक्तिहरुको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले बस्नेतलाइ बुधबार पक्राउ गरी सार्बजनिक गरेको हो ।
प्रहरी अनुसन्धानबाट पक्राउ परेका बस्नेतलाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्