झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

<span class='c1'>झापाको दुई चिया उद्योग</span> <span class='c2'>विरुद्ध मुद्दा दायर</span>

विराटनगर, असार १५ गते । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गर्नुभएको हो ।

नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्यका प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो । नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोक्ला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्