कोरिया पठाउने भन्दै ठगी गर्ने ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक पक्राउ

<span class='c1'>कोरिया पठाउने भन्दै ठगी गर्ने ‘न्यू</span> <span class='c2'>सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक पक्राउ</span>

वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 'न्यू सफल ग्लोबल कन्सल्टेन्सी'का सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २८ वर्षीय गणेश पाण्डे रहेका छन्। प्रहरीले उनलाई असोज २० गते काठमाडौँको रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो।

सफल ग्लोबल कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने बहानामा २ वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो पोस्ट गरेपछि उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पक्राउ परेका पाण्डेमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्