आवर बिराटनगर डट नेटको ७ औ बर्षिक उत्सव, नागरिक पत्रकारलाई सम्मान

<span class='c1'>आवर बिराटनगर डट नेटको ७ औ</span> <span class='c2'>बर्षिक उत्सव, नागरिक पत्रकारलाई सम्मान</span>

विराटनगर, १५ असार । एक नम्बर प्रदेशकै पहिलो अनलाईन आवर बिराटनगर डट नेटले आफ्नो ७ औ बर्षिक उत्सव भब्य रुपमा मनाएको छ । आज आफ्नै कार्यालयमा आयोजित ७ औ बार्षिक उत्सवको अवसरमा ३ जना कर्मचारी तथा नागरिक पत्रकारिताको अभ्यासमा सहयोग गर्ने अभियान्तालाई सम्मान गरिएको हो ।
यसैबिच आवर बिराटनगरले यस बर्षदेखि नागरिक पत्रकारिता सम्मानको अभ्यास शुरु गरेको छ । नागरिक सुचनाका मुख्य श्रोतको रुपमा रहेकोले यस बर्षदेखि नागरिक पत्रकारिता सम्मानको रुपमा सुचना तथा जानकारी दिने मध्ये बार्षिक एकजनालाई सम्मान गर्ने निर्णय अनुसार नागरिक पत्रकार सम्मानबाट रोबिन भट्टराईलाई सम्मान गरिएको आवर विराटनगर डट नेटका निर्देशक विवेक दाहालले जानकारी दिए ।
स्थपनाकाल देखि नै सक्रिय रुपमा समाचारको क्षेत्रमा योगदान पुर्याउनुभएका प्रेम देवानलाई सम्मान गरिएको छ । यसैविच उत्कृष्ट कर्मचारीको रुपमा सुनिता थापालाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्