अझै रोकिएन सुन तस्करी : ३ किलो सुनसहित २ जना पक्राउ

<span class='c1'>अझै रोकिएन सुन तस्करी : ३</span> <span class='c2'>किलो सुनसहित २ जना पक्राउ</span>

काठमाडौं, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नागढुंगा चेक प्वाइन्टमा चेकजाँच गर्दा गाडीभित्र लुकाएर राखेको अवस्थामा सुन बरामद गरिएको हो । भारतको मम्पराका १९ वर्षीय दिपककुमार मोर्रे र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगरका २३ वर्षीय मनोज विक सुनसहित पक्राउ परेका परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बताए ।

यूके ०२४६८४ नम्बरको भारतीय मारुती गाडीको एयर फिल्टरमा लुकाएर राखेको अवस्थामा आज बिहान साढे ११ बजेतिर सुनसहित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका अभियुक्तमाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्