विराटनगरमै यसरी भयो पूर्व प्रधानध्यापकद्धारा प्रधानध्यापकमाथी निर्घात कुटपिट (भिडियो सहित)

<span class='c1'>विराटनगरमै यसरी भयो पूर्व प्रधानध्यापकद्धारा</span> <span class='c2'>प्रधानध्यापकमाथी निर्घात कुटपिट (भिडियो सहित)</span>

प्रेम देवान
विराटनगर, १६ असार ।
विराटनगर १४ स्थित कटकुप्पा नयाँ बस्तीमा रहेको श्री जनता वाल आधारभूत विद्यालयमाका पूर्व प्रध्यानध्यापकले वर्तमान प्रध्यानध्यापकमाथि निर्घात कुटपिट गरेको खुलसा भएको छ ।
असार १४ गते विहीबार दिउँसो बिद्यालय ब्यवस्थापन समितिको वैठक वसिरहेको थियो । विद्यालयमा शिक्षक, अभिभावक तथा व्यावस्थापन समितिका अधिकारीहरु पनि थिए । बैठक जारी थियो, बैठक चलिरहेके बेलामा हो– हल्ला गर्दै पूर्व प्रधानाध्यापक विरेन्द्र कुमार यादवले बैठक हलमा आए र आफूमाथि कुटपिट गरेको हालका प्रध्यानध्यापक सुरेन्द्र कुमार यादवले बताए ।
विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्व प्रधानध्यापक यादवले आफुमाथि भएको आक्रमणको बारेमा जानकारी दिए । विरेन्द्रले बैठकमा आफ्ना छोरा सहित करिब एक दर्जन भन्दा बढी मानिस ल्याई कुटपिट गरेको सुरेन्द्रले आरोप लगाए् । करिब एक बर्ष अघिदेखि उक्त विद्यालयमा प्रधानाध्यापकको भुमिका निर्वाह गर्दै आएका सुरेन्द्रलाई सबैको सामु गाली बेईज्जती गरेका थिए ।

‘तैले मलाई पाखा लगाई आफू प्रधानाध्यापक बनेको हो, बिरेन्द्रले भनेको कुरा उदृत गर्दै सुरेन्द्रले भने, ‘तलाई यसै विद्यालय भित्र ठिक पार्छु भन्दै सार्वजनिक स्थानमा कुटपिट गरे ।’ कुटपिटबाट सुरेन्द्रले आफुले लगाएको लुगा च्यातेको, लाठी, झापड, लात्ता तथा मुक्का प्रहार गरेको निलडाम देखाउँदै सुरेन्द्रले पत्रकार सम्मेलनमा जानकारी गराए ।
कुटपिट हुँदा वैठकमा भएका अभिवाक तथा शिक्षकहरुले आफुलाई बचाएको उनले बताएका छन्ठ । ‘यदि उनीहरुले नछुटाएको भए म यो अबस्थामा हुने थिईँन, सुरेन्द्रले भने, सुरेन्द्रका अनुसार भोलीदेखि यस विद्यालयमा पाईला टेकिस भने तेरो हातखुट्टा भाँचिदिने भन्दै डर त्रास देखाएर धम्की दिने गरेका छन् ।’
यसरी दिन दहाडै स्कुल परिसरमा आएर कुटपिट गरेको भन्दै सरेन्द्रले ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा उजुरी पनि दिईसकेको बताए । उनले आफुमाथि कुटपिट भएको बिषयमा विराटनगर महानगरपालिका नगर कार्यपालिका कार्यलयको शैक्षिक प्रशासन महाशाखामा कुटपिट भएको भन्दै जानकारी गराई सकेको छन् । काम गर्ने वातावरण नभएको, डर र धम्कीको त्रासमा विद्यालयमा काम असहज भएको उनले बताए । न्याय चाहिएको भन्दै उनले सञ्चारकर्मीहरुसँग हारगुहार मागेका छन् ।

https://www.youtube.com/watch?v=cgm4nkwtBeU&feature=youtu.be

विद्यालयमा दुई प्रअ
यसरी सुरेन्द्र र बिरेन्द्र बिच विवाद हुनुको मुख्य कारणको रुपमा एउटै बिद्यालयमा दुई प्रधानाध्यापक हुनु रहेको पाईएको छ । विद्यालयमा दुई प्रधानध्यापक नै उपस्थित हुने गरेको बताईन्छ । पूर्व प्रधानध्यापक विरेन्द्र कुमार यादवले भने आफूले कुटपिट नगरेको बताएका छन् । ‘बैठकमा म पुग्दा कुटपिट भईसकेको थियो उनले भने, कसले हातपात गर्यो मलाई थाहा भएन ।’ बरु उल्टै आफुलाई प्रधानध्यापकबाट हटाएको यादवले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्