‘विराटनगरमा निर्माणाधिन तारिणीप्रसाद कोईराला संचारग्राम ईतिहाँसको धरोहर‘

<span class='c1'>‘विराटनगरमा निर्माणाधिन तारिणीप्रसाद कोईराला</span> <span class='c2'>संचारग्राम ईतिहाँसको धरोहर‘</span>

विराटनटगर, १६ असार ।
सुचना प्रविधि तथा संचारमन्त्री गोकुल वासकोटाले निर्माणहुदै गरेको तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागि ऐतिहासिक धरोहर भएको बताएका छन् । उनले यो काममा सम्झौता नगरी तोकिएकोको समयमा सम्पन्न गर्न आग्रह गरे ।
रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोगमा विराटनगर ४ खार्जिमा निमार्ण भइरहेको संचारग्रामको आज शनिवार निरिक्षण एंव अनुगमनपछी आयोजित छलफल कार्यक्रममा मन्त्री वास्कोटाले संचारग्राम निमार्णको काममा सन्तुष्ट रुपमा भईरहेको वताए ।
उनले रेडियो नेपालको संस्थापक तारणीप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको संचारग्रामले इतिहासको विरासत थाम्ने भएकाले ऐतिहाँसिक कामलाई बजेट अभाव हुन नदिने गरी मन्त्रालय लागेको बताए । उनले मुलुकभर भइरहेको सरकारी कामको आफुले अनुगमन गरिरहेको भन्दै संचारग्रामको काम आफुलाई चित वुझदो लागेको वताए ।
उनले यस्ता ऐतिहाँसिक धरोहरलाई जोगाई राख्न रेडियो नेपालको स्थापनामा प्रयोग भएका उपकरण तथा समाग्रीलाई संचारग्राममा राख्नेगरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संचारग्रामको २२ प्रतिशत काम सम्पन्न भएकाले तोेकिएकै मितिमा काम पुराहुने वताए । संचारग्रामलाई मिडियहवको रुपमा विकास गर्नेगरी संरचना तयार भइरहेको उनको भनाई छ । मन्त्री वास्कोटले राजनितिक आन्दोलन समाप्त भएकाले अव राजनिति आस्थाभन्दा माथि उठेर विकास निर्माणमा सवै जुटनुपर्ने वताए ।
संचारग्रामको मन्त्री वासकोटा , विराटनगर महानगरपालिका मेयर भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय लगायतले अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्