विराटनगरका कलेजमा प्रवेश परिक्षा दिने विद्यार्थीको भीड

<span class='c1'>विराटनगरका कलेजमा प्रवेश परिक्षा</span> <span class='c2'>दिने विद्यार्थीको भीड</span>

विराटनगर, १६ असार ।
विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शनिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा दुवै संकायका गरी १ हजार १ सय ५७ जना विद्यार्थीले गरीक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार २ सय ५० सिट भएको विज्ञान संकायमा ७ सय ३६ सय र २ सय सिट भएको व्यवस्थापन संकायमा ४ सय २१ विद्यार्थी सहभागि रहेका थिए । दुवै संकायमा पहिलो भर्ना गर्ने ५० विद्यार्थीलाई विशेष छात्रावृद्धि दिने प्रिन्सिपल बास्तोलाले बताए । गत वर्ष दिवा सत्रमा सञ्चालन भएको विज्ञान संकाय यस सत्रदेखि विहानी सत्रमा सञ्चालन हुने कलेजले जनाएके छ ।
यसैविच उता कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको भानु मेमोरिय कलेजले शनिबार प्रवेश परीक्षा लिएको छ । शनिबार भएको दुवै संकायको परीक्षामा १ हजार ३७ जना विद्यार्थीले परीक्षा दिएको कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार विज्ञान संकायमा २ सय कोटामा ६ सय १७ सय र व्यवस्थापन संकायमा पनि २ सय काटोमा ४ सय २० विद्यार्थी सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्