कोशी परियोजनामा भारतीयको मनोमानी, विराटनगरको सम्पर्क कार्यालय नाम मात्रको

<span class='c1'>कोशी परियोजनामा भारतीयको मनोमानी, विराटनगरको</span> <span class='c2'>सम्पर्क कार्यालय नाम मात्रको</span>

विराटनगर, १७ असार ।
नेपाल– भारत कोशी सम्झौताको प्राबधान बिपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले काम गर्दै आएका छन् । सप्तकोशी नदीमा हुने सम्पुर्ण कामको विवरण राख्न मोरङको बिराटनगरमा स्थापित कार्यालयलाई जानकारी नदिई भारतीय पक्षले परियोजनाको काम अघि बढाउने गरेको पाईएको छ। सम्झौता अनुसार सन १९५५ मा परियोजनाले नेपाली भुभागमा गर्ने कामको विवरण राख्नका लागि बिराटनगरमा सम्पर्क तथा भुआर्जन कार्यालय स्थापना भएको थियो ।
कार्यालयको नाम पविर्तन गरेर अहिले सम्पर्क सह–भुआर्जन बनाईएको छ । भारतीय अधिकारीले यो कार्यालयको कााम कर्तब्य र अधिकारमाथि हस्तक्षप गरी आफुखुसी परियोजनाका काम संचालन गर्ने गरेको जनाईएको छ । कोशीको नेपाली भुभागमा हुने कामको जानकारी दिन तथा लेखाजोखा गर्न नेपालमा २ सम्पर्क कार्यालय स्थापना गरिएका थिए । तर भारतीय अधिकारीले जानकारी नै नदिई परियोजनाको काम गर्ने गरेको छन् । परियोजनाको बिराटनगर स्थीत सम्पर्क कार्यालयका सम्पर्क सह–भुआर्जन अधिकृत नेपाल सरकारले र काठमाडौँमा रहेको सम्पर्क अधिकारी भारतको बिहार राज्य सरकारले नियुक्त गर्छन् । सम्पर्क अधिकारीले नै सम्झौता अनुसार दुबै देशका अधिकारीलाई काम गर्ने वातावरण बनाउनु पर्ने र सहजीकरण गर्ने प्राबधान सम्झौतामा छ । सम्झौताको बुँदा नम्बर १४ मा नेपालको साबृभौम अक्षुण्ण राखी काम गर्नुपर्ने उल्लेख छ । दुबै देशका जनतालाई सुर्बसुलभ तरिकाले सुचना दिनुपर्ने प्राबधान पनि सम्झौतामा रहेको जनाईएको छ ।
सबै कामको सुचना दिने अधिकारी सम्पर्क कार्यालयलाई रहेको छ । तर बिराटनगर स्थित सम्पर्क कार्यालयका सम्पर्क तथा सहभुआर्जन अधिकृत मनोहर कोईरालाले परियोजना अन्तरगतको बाढी नियन्त्रण तथा लज निस्सरण कार्यालय विरपुर भारतले सम्झौता अनुसार जानकारी नदिने गरेको बताए । ‘भारतीय अधिकारीले जानकारीनदिई काम गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘बिरपुरबाट सबैकाम हुँदै आएको छ, उनीहरुले हामीलाई पत्रको बोद्धार्थ मात्र पठाउने गरेका छन् ।’ का चलेका बेला भारतबाट आउने निर्माण सामाग्री सहितको गाडीको भन्सार छुत गर्नको लागि मात्र सम्पर्क गर्ने गरेको उनको भनाई छ ।
कहाँ कती र के काम भईरहेको छ ? भन्ने जानकारी नआउने गरेको उनले सुनाए । नेपाली भुभागमा हुने कामको सुचना दिर्ए त्यसको अध्ययन गर्ने र दुबै देशका सरकारलाई जानकारी गराउने अधिकार यस कार्यालयलाई रहेको छ , उने भने, तर भारतीय अधिकारीले यस्तो नियमलाई वेवास्ता गर्दै सुचना रोक्दै आएका छन् ।
नेपाली भुभागमा भईरहेको कामको जानकारी मााग्दा बिहार सरकारको जन संसाधन विभाग अन्तरगतका बाढी नियन्त्रण एवम् जल निस्सरण कार्यालय विरपुरले नेपाली नागरिकका लागि सुचना आबस्यक नरहेको भन्दै आलटाल गर्ने गरेको सम्पर्क कार्यालयले जनाएको छ । भारतीइ अधिकारीले भारतीय नागरिकका लागि मात्र सुचना प्राप्त गर्ने अधिकार रहेको रहेको जनाईँदै आएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्