नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा

<span class='c1'>नेपाली विद्यार्थी उच्च शिक्षाका</span> <span class='c2'>लागि ७२ देशमा</span>

काठमाडौं, १७ असार । चालु  आर्थिक वर्षमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाले गएको साउनदेखि असारसम्म विश्वका ७२ देशमा नेपाली विद्यार्थी पुगेको जानकारी दिएको हो ।

यो अवधिमा ६२ हजार २ सय  विद्यार्थीले पढ्नका लागि स्वीकृतिपत्र लिएका छन् । यो संख्या दुई वर्ष अघिको तुलनामा झण्डै दोब्बर हो । दुई वर्ष अघि ३२ हजार ४ सय ८९ ले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएको शाखाले जनाएको छ । यो संख्या गएको वर्ष ५० हजार ६ सय ५९ पुगेकोमा यो वर्ष बढेर ६२ हजार नाघेको हो ।

शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर दुईसय जनाको हाराहारीमा नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने स्वीकृतिपत्र लिइरहेका छन् । जसमा सबैभन्दा धेरै अष्ट्रेलिया त्यसपछि जापान र अमेरिका जाने गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्