सय दिनमा ‘शत्रु गते’, १२ करोडको व्यापार

<span class='c1'>सय दिनमा ‘शत्रु गते’,</span> <span class='c2'>१२ करोडको  व्यापार</span>

काठमाडौं, १७ असार । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेको छ । सिनेमाले ५१ दिन मनाएको उपलक्ष्यमा निर्माण पक्षले ललितपुरको इमाडोलमा रहेको एक ब्याङकेटमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा निर्माण पक्षले सिनेमाका सम्पूर्ण कलाकार र प्राविधिकलाई मायाको चिनो प्रदान गरेको थियो ।

यस्तै  वितरक र विभिन्न ब्राण्ड पार्टनरहरुलाई समेत निर्माण पक्षले धन्यवाद प्रदान गरेको थियो । यही कारण पनि सय दिनमा केही विशेष कार्यक्रम शत्रुगते टिमले जानकारी दिएको छ । सय दिन सम्मप्रदर्शन भएको यो सिनेमाको कूलकमाई १२ करोडको हाराहारीमा रहेको सिनेमाका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।  किरण केसीको प्रस्तुती यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंशआचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्