पाँच जना वडाध्यक्ष नै रिले अनशनमा बसेपछी …

<span class='c1'>पाँच जना वडाध्यक्ष नै</span> <span class='c2'>रिले अनशनमा बसेपछी …</span>

गौशाला, रासस। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन् ।
नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२ः१५ बजेदेखि रिले अनशनमा बसेका छन् ।

नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी आफूले नियमसंगत सबै कामकाज गर्दै आएको, आर्थिक अनुशासनको अक्षरशः पालन गरेको र कुनै किसिमको भ्रष्टाचार नगरेको जिकिर गरे । इ चौधरीले कानूनको परिधिभित्रै रहेर नेपाल सरकारकै आदेशानुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जिनीयरका रुपमा बसेर कामकाज गरिरहेको उनले बताए । उनले अनशनकारीसँग वार्ताका लागि आह्वान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्