कञ्चनपुरमा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

<span class='c1'>कञ्चनपुरमा करेन्ट लागेर एकको</span> <span class='c2'>मृत्यु, चार घाइते</span>

धनगढी १७ असार ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिचपुरीमा आज (आइतबार) करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  चार जना घाइते भएका छन् । विद्युत पोल गाड्ने क्रममा लालझाडी गाउँपालिका–५ देखतभूलीका २२ बर्षिय शिवराज रानाको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते हुनेमा कैलालीका २३ बर्षिय बालवीर चौधरी, कञ्चनपुरको बेल्डाँडीका सन्दिप चौधरी, लालझाडी देखतभूतलीका जोहरलाल राना र बेलौरी–६ का अनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कञ्चनपुरले बिचपुरीमा नयाँ पोल गाड्नका लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरालाई ठेक्का दिएको थियो । मृतक रानासहित पाँच जनालाई ठेकेदार पदम बोहराले दैनिक ज्यालामा काममा लगाएका थिए । नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका प्राविधिक नर बहादुर ऐरले नयाँ पोल गाड्ने बेला विद्युतको साविक लाइन बन्द नगर्दा करेन्ट लागेको बताए । पानीले झिजेको विद्युतको सिमेन्टको पोल माथि तार पर्दा करेन्ट लागेको उनको भनाई थियो । घाइते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा रेफर गरिएको छ । मृतकको पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्