लगातारको बर्षाले विराटनगरका अधिकांश क्षेत्र जलमग्न (भिडियो सहित )

<span class='c1'>लगातारको बर्षाले विराटनगरका अधिकांश क्षेत्र</span> <span class='c2'>जलमग्न (भिडियो सहित  )</span>

प्रेम देवान
विराटनगर १८ असार ।
विराटनगरको अधिकांश स्थान जलमग्न भएको छ । असार १५ यता देशका अधिकांश स्थानमा भारीबर्षा भईरहेको छ । यता विराटनगरमा गएराती देखि झरी परेका कारण विराटनगरको सडक हिलाम्मे र जलमग्न भएका छन् । विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ । दोहोरो आउ–जाउमा समस्या भएको छ । मोटरसाईकल र साईकलहरु सडक पेटीबाट हिड्न बाध्य भएका छन् । अन्य सिटी रिक्सा, कार, बस लगायतका सवारी साधनहरु असहजका बिच संचालनमा रहेका छन् ।
विराटनगरको मुख्य बजार मानिएको हिमालय रोड पनि यतिबेला जलमग्न भएको छ ।सडक पेटीसम्म पानी जमेको छ ।
सर्वसाधणलाई हिड्कुल गर्न झनै समस्यामा पर्न थालेका छन् । त्यति मात्र हैन दैनिकी गुजरा चलानेहरुलाई समेत समस्या भएको छ । लगातारको बर्षाले गर्दा यात्रुहरु नभेटिने र कमाई नै नहुने गरेको सिटी सफारी चालक केदार कार्कीले गुनासो गरे । विहान देखि साँझसम्म एक पटक मात्र यात्रु ओसार्न सकिने उनले बताए । ‘यात्रुहरु कतै भेटिदैनन्’ उनले थपे ।
विराटनगरको हरेक स्थानमा अहिले सडक र नाला बनाउने काम भईरहेको बेला अधिकांश स्थानमा नालामा पानी बग्न नपाएका कारण सडक जलमग्न भएका छन् । एक सहकारी संस्थामा काम गर्दै आएका जायद आलमले भने ‘म त झनै बजारको भित्रि गल्लीमा हिँड्दा निक्कै समस्या छ ।’बाटो हिलाम्मे र जलमग्न भएका छन् चारै तिर एकै चोटी बाटो भत्काएर साह्रै गाह्रो भएको छ । उनी जस्तै धेरै जना अहिले विराटनगरको यो हिलाम्मे र जलमग्न बाट पिडीत भएका छन् ।
विराटनगरमा अहिले लगातार झरी परिरहेको छ । गएको साउनमा ३ दिन सम्म परेको भारी बर्षाले गर्दा विराटनगर लगायत धेरै स्थानमा डुमानमा परेको थियो ।
जलमग्न हुनुका कारण
विराटनगर महानगरपालिका अधिकांश स्थानमा विकास निर्माणको काम यो बेलामा पनि जारी नै । यही विकास निर्माणमा अस्तब्यस्त हुने गरी निर्माण भएका भौतिक संरचनाहरुले नै विराटनगरलाई सामान्य बर्षाको समयमा समेत अस्तब्यस्त बनाईदिएको छ । बर्षाको कारण अहिले अधिकांश स्थानमा जलमग्न भएको हो । बिराटनगरमा मुख्य सडक मात्र हैन भित्रि सडकहरुमा समेत निर्माणको काम भई रहेकोले समस्या भएको नगरवासी बताउँछन् । कोशी राजमार्गको दुबै तर्फको पर्खाल लगाउने र नाली निर्माणको काम भएकोले पनि एकापट्टीको पानी अर्को तिर निकाश हुन नसक्दा समस्या डुवानको त्रास छ । गत बर्ष आएको बाढीका कारण समस्या झेल्दै आएको विराटनगरले यो बर्ष पनि गत बर्षको जस्तै समस्या नआए हुन्थ्यो भन्नेमा नगरवासी छन् ।
बिराटनगरको डुवान सम्बन्धी भिडियो यस्तो छ ।

https://www.youtube.com/watch?v=rm-lNC2QkHU

देशभर बर्षा
आइतवार राति देखि परेको अविरल वर्षाका कारण तराइका जिल्ला जलमग्न भएका छन् । पहाडी क्षेत्रमा भने पहिरोका कारण यातायता प्रभावित भएका छन् ।बाढीका कारण वीरगञ्ज नेपालगञ्ज जमग्न भएको छ भने झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपेन्देही, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै वर्षाका कारण देशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला, तोपे खोला र जलविरेमा पहिरो गएका कारण उक्त रुट भएर चल्ने सवारीहरुको आवागमन प्रभावित भएका छन्। पानी परिरहेका कारण पहिरो झर्ने क्रम जारी रहेकोले तत्कालै पहिरो पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।त्यस्तै पृथ्वी लोकमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गाँउपालिका–१० तिघ्रान खानीमा आज बिहान साढे ८ बजेबाट सवारी आवागमन एक तर्फी संचालन भैरहेको प्रहरीले जनाएको छ ।अविरल बर्षाको कारण लेदो माटो झरेकोले दोहोरो सवारी संचालनमा समस्या भएको हो ।

यसैगरी कालिकोटको शुभकालिका गाँउपालिका(२ स्थित गोगने खोलामा पनि आज बिहान पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बिहान साँढे ५ बजेबाट अवरुद्ध रहेको राजमार्ग खुलाउने प्रयास भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाँउपालिका–३ हेडबक्समा पनि गएराति सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोका कारण पाल्पा,गुल्मी, स्याङजा,कास्की संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्