धनकुटा नगरपालिकाले नै बिजुली बिल नतिरेपछि कालोसुचीमा

<span class='c1'>धनकुटा नगरपालिकाले नै बिजुली</span> <span class='c2'>बिल नतिरेपछि कालोसुचीमा</span>

धनकुटा, असार २१ गते । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताउनुभयो । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएछ ।

धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट रु छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताउनुभयो । नगरपालिकाको महसुलबापतको रु २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।

पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।

विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्