लिउड अभिनेत्री आयशा टाकिया र उनको परिवारलाई एक व्यक्तिबाट ज्यान मार्ने धम्की आएको छ । आयशाका पति फरहान आजमीले आफूहरुलाई फोन र म्यासेजबाट धम्की आएको टि्वटरमा बताएका छन् ।
आयशाको परिवारलाई आएको यो धम्की एउटा मुद्दासँग जोडिएको छ । आर्थिक विवादमा उनीहरुलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ्नो टि्वटमा फरहानले डीएसपी परमजीत सिंह दहियामाथि आफ्नो रेस्पोन्स नगरेको र गुनासो सुन्न इन्कार गरेको आरोप लगाएका छन् । उनले दहियालाई पठाएको म्यासेजको स्क्रिनसट पनि राखेका छन् । यो टि्वट उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्यागसमेत गरेका छन् ।
फरहान समाजवादी नेता अबू आजमीका छोरा हुन् । उनको पूर्व विजनेस पार्टनर कासिफ खानसँग अदालतमा मुद्दा चलिरहेको छ । यस मामलामा बान्द्रा पुलिस स्टेसनमा उनका विरुद्ध कासिफ खानले धोखाधडीको मुद्दा दायर गरेका छन् ।
कासिफले मंगलबार दिउँसो फोन गरेर आफू र आयशालाई विभिन्न धम्की दिएको फरहानको भनाई छ । उनले गैरकानूनी तरिकाले आयशाको बैंक अकाउन्ट फ्रिज गरिएको गुनासो पनि गरेका छन् ।