खोलाघरे साँइला सम्मानित

खोलाघरे साँइला सम्मानित

उद्घघोष दैनिकको सातौं बार्षिक उत्सबका अवसरमा  ‘राजेश्वर रेग्मी–स्मृति साहित्यिक पुरस्कार’ बाट इलामका स्रष्ठा खोलाघरे साँइलो (गंगाप्रसाद अधिकारी)लाई सम्मानित गरिएको छ ।
नेपाली साहित्यको गजल विधामा कलम चलाउने एक स्रष्टालाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पुरस्कार नेपाल पत्रकार महासंघका अध्यक्ष शिवगाउँले, प्राध्यापक बालकृष्ण पोखरेल र सौगात प्रकाशन प्रालिका अध्यक्ष मोहन भण्डारीले संयुक्तरुपमा प्रदान गर्नुभयो ।

सो अवसरमा उद्घघोष दैनिकका स्तम्भकार डा विमला श्रेष्ठको उज्यालो हराएको आँगनमा पनि विमोचन गरिएको थियो । विमोचित पुस्तककोबारेमा साहित्यकार विवश पोखरेलले विवेचना गर्नुभएको थियो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, नेपाली काँग्रेस मोरङका अध्यक्ष अमृत अर्याल, नेपाल उद्योग बाणीज्य महासंघका पूर्वाञ्चल अध्यक्ष किशार प्रधान लगाएतले शुभकामना मन्तव्य राद्यनु भएको थियो ।

यस अघि पनि राजेश्वर रेग्मी स्मृति प्रतिष्ठानले  पहिलो र दोस्रो संस्करणमा क्रमशः मधु पोखरेल र ज्योती जंगललाई पुरस्कृत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्