टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु , घाइतेको उद्दारका लागि हेलिकप्टर पुग्यो

<span class='c1'>टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु</span> <span class='c2'>, घाइतेको उद्दारका लागि हेलिकप्टर पुग्यो</span>

काठमाडौं,२२ असार मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेस्थित सरा‌ङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिप्पर सडकबाट  खसेको हो । खाना खाएर कामममा फर्कने क्रममा मजदुरहरु सवार टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा १२ पुरुष र ६ महिलाको मृत्यु भएको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । उनका  अनुसार १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । गम्भीर घाइतेको उद्दारका लागि हेलिकप्टर घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्