ईनरुवामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु 

ईनरुवामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु 

सुनसरी, असार २५ गते।

सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ।

ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्याक्टरले थिचेर गम्भीर घाइते भएक मेहेतालाई उपचारका लागी ईनरुवा अस्पताल लगिएकोमा सोही साँझ ५ बजे उपचारका क्रममा मेहेताको मृत्यु भएको हो।

यता सुनसरी धरानमा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिएर स्थानीय पैदलयात्री वर्ष ५० को हबुल राई घाइते भएका छन।

राईलाई को २७ प ९४६९ नम्बरको मोटरसाइकलले धरान-८ भोटेपुलमा साँझ ८ बजे ठक्कर दिंदा गम्भीर घाइते भऐ उपचारका लागी विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ।

मोटरसाइकलका चालक मोरङ सुन्दर हरैचा नगरपालिका ४ बस्ने बर्ष २३ को सन्जिप खड्का इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्